Lastest Updates:

To generate and provide financial and other kinds of help, support and assistance with resources and materials to studying students in SMSS.

Our vision

(हाम्रो दृष्टि) श्री भगवती उच्च माध्यामिक विद्यालय मानेभञ्ज्याङमा अध्ययनरत बिद्यार्थीहरुलाई विविध शैक्षिक स्रोत र सामग्रीहरुको सहयोग उपलब्ध गराउँदै सहयोगको यो माध्यमबाट शैक्षिक रूपमा दक्ष र सक्षम व्यक्तिहरूको नागरिकहरू समूह उत्पादन गर्न मद्दत गर्दै विद्यार्थीरूलाई आफ्नो गाउँ, जिल्ला र देशको सेवामा उच्च योगदान दिन सक्ने योग्य व्यक्ति बन्न मद्धत गर्नु नै हाम्रो दृष्टि हुनेछ ।

Our Mission

(हाम्रो लक्ष्य) श्री भगवती उच्च माध्यामिक विद्यालय मानेभञ्ज्याङमा एउटा पुस्तकालय निर्माण गरी सो पुस्तकालयमा सूचना प्रविधिको आधारभूत पहुँच र बिद्यार्थीहरुको समेत प्रयोगको लागि ईन्टरनेट सेवा उपलब्ध गराउने ।

History of School

(विद्यालय ईतिहास) प्रारम्भमा, विक्रम संवत् २०१७ सालामा श्री अर्ग बहादुर राईले धिमले भन्ने स्थानमा श्री भगवती प्राथमिक विद्यालय स्थापना गर्नु भएको थियो । तर धिमिले गाउमा अध्ययन गर्ने बिद्यार्थीहरुको पर्याप्त संख्या नभएकाले विक्रम संवत् २०१८ सालमा सोही विद्यालयलाई मानेभञ्ज्याङमा स्थानान्तर गरियो ।